अस्पतालमा गोबिन्द केसीलाई भेटेर मनिषाले भनिन् – ‘डाक्टर केसीलाई सलाम’


काठमाडौं । चिकित्सा क्षेत्रमा व्यापक विकृती रहेको भन्दै डा. गोविन्द केसी अहिले १५ औ अनशनमा छन् ।अनशनमा रहेका केसीको स्वास्थ्य जटील बन्दै गएपछि सरकारले पटक पटक काठमाडौै आउन आग्रह गरेपनि उनी माग पुरा नभई आउन नमानेपछि बाध्य बनाएर उनलाई हिजो काठमाडौं झिकाईएको हो ।

काठमाडौं झिकाईएका डा. केसीलाई शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि राखीएको छ । बिहिवार साँझ उपचाररत डा .केसीलाई भेट्न नायिका मनिषा कोईराला शिक्षण अस्पताल महाराजगञ्ज पुगीन् ।डा. केसीको स्वास्थ्य अवस्था बुझेर फर्केकी मनिषाले केसीको प्रशंसा गर्दै ट्वीटरमा लेखेकी छिन् :डा केसी एक असाधारण ब्यक्तीत्व जो धेरै बाधा ब्यवधान सहेर पनि यो विश्वासले अघि बढेका छन् कि उनको बाटो सही छ ,डा केसीलाई सलाम ।

मनिषा राजनीतिक पारीवारिक वातावरणमा हुर्के बढेपनि उनले कलाकारीता अंगाली बलिउडमा नाम कमाउन सफल रहिन ।तर पछिल्लो समय वैवाहिक जिवनमा खटपट र अचानक क्यान्सरले आक्रमण लागेपछि उनी भारतको बसाई छोट्याउँदै नेपाल बस्दै आएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार