नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुले पूर्वयुवराज स्व. दिपेन्द्रर शाहकी प्रेमीका देवयानी राणलाई लखेटेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका बुबा पशुपति शमसेर राणाको प्रचारमा जुटेकी देवयानीले शुक्रबार चौतारा साँगाचोकगढी–७, कल्लेरीबाट लखेटेका हुन् ।

आचारसंहितविपरित मौन अवधिमा नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताहरुले सभा गरेको भन्दै एमाले र माकेका कार्यकर्ताले खलेटेका हुन् । दुबै पक्षबीच झडप भएको थियो ।

देवयानीले गाउँमा सभा गरेको खबर पाएपछि चौैताराबाट एमाले र माकेका कार्यकर्ताहरु कल्लेरी गएका थिए । स्थानीय काँग्रेस नेता यज्ञप्रसाद दंगालको महिलाहरु बटुल्दै सभा गरेका कारण आफूहरुले रोकेको एमाले–माकेका कार्यकर्ताहरुले बताएका छन् ।

एमाले कार्यकर्ताहरुले देवयानी राणालाई पानीको जारले हानेका थिए । तर, देवयानीले छलेर भागेकी थिइन् । एमाले र माकेका कार्यकर्ता लठीसिहत पुगेका थिए ।

झडप नियन्त्रण लिएपछि प्रहरीले सुरक्षाको लागि भन्दै देवयानीलाई चौतारास्थित नेपाली सेनाको क्याम्पमा पु¥याएको थियो । झडपबाट कसैलाई क्षति नपुगेको प्रहरीले जनाएकोे छ ।

एमाले र माकेका कार्यकर्ताहरुले देवयानीलाई जिल्लाबाटै बाहिर पठाउनु पर्ने दवाव दिएका थिए । प्रहरीले देवयानीलाई बाहिर पठाउने भन्दै स्कटिङ गरेर पुनः कल्लेरी पुर्याएको छ ।

एमाले र माओवादी केन्द्रका कार्यकर्ता पनि दल बलसहित कल्लेरीतिर लागेका छन् । सम्भावित झडपलाई रोक्ने प्रयास प्रहरीले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार