महिला शौचालयभित्रको भिडियो खिच्ने नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा ९ महिना जेल ( भिडियो सहित )

इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ अष्ट्रेलियामा ९ महिना जेल सजाय सुनाइएकाे छ ।

आफ्नै महिला सहकर्मीकाे शाैचालय भित्रकाे गाेप्य गतिविधि क्यामेरामा कैद गरेकाे अभियाेगमा विवेक दाेषी सावित भएका हुन् । विवेकले ४५ महिला सहकर्मीकाे २सय ५०वटा गाेप्य भिडियाे माेवाइलमा कैद गरेका थिए ।

युटिएस विश्वविद्यलयमा पढ्ने विवेक सिड्नीकाे सरीहिलस्थित वुलवर्थमा काम गर्थे । दुइ महिनाअिघ उनी पक्राउ परेका थिए । पक्राउ लगतै विवेकले अदालतमा क्षमा याचना गरेपनि अस्विकृत भएकाे थियाे ।

अदालतले विवेकलाइ ९ महिना जेल सजाय ताेकेपनि छ महिनाभन्दा बढी समय प्रहरी हिरासतमा बिताइसकेकाले अब तीन महिनामात्र जेल बस्नु पर्नेछ । जेल सजाय सकिने बितिकै विवेकलाइ नेपाल डिपार्ट गरिने नाइन न्युजले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार